मेयर बालेनले दिए दुई मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गरेको जानकारी गराएको हो ।
महानगरपालिकाको मेयर बालेन शाहले जारी गरेको उक्त विज्ञप्तिमा महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रममा अमुक संस्थालाई रकम उपलब्ध गराउने भनी तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा मेयर बालेनले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले भ्रामक र तथ्यविहीन समाचार प्रकाशन र प्रसारण गरेको हुँदा कारबाही गर्न माग गरिएको जनाएको छ । पत्रकार आचार संहिता २०७३ बमोजिम कर्तव्य पालना नगरेको देखिएको हुँदा उक्त सञ्चार माध्यमलाई कारबाही गर्न माग गरिएको छ।
