समाचार
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पाँचै दिन बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँ माथिको कारोबार...
थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५६९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २३ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...
बागमती प्रदेश सभा बैठक : दुई वटा विधेयक पेस
मकवानपुर । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा...
सुडानको जातीय हिंसामा १०५ जनाको मृत्यु, २९१ जना घाइते
काठमाडौं । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । सोही क्रममा १०५ जनाको...
मकवानपुरबाट साढे १८ हजारभन्दा बढीले लिए नागरिकता
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे १८ हजारभन्दा बढीले नेपाली नागरिकता लिएका छन्् । प्रशासनबाट गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ५६३ जनाले नयाँ नागरिकता लिएका हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाबाट ९ हजार ८३३ जना महिला र ८ हजार...
आज बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक आज बिहीबार बस्दैछ । गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको असार २९ गते बसेको बैठकले संसद्...
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहनुका साथै देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बस्ने भएको हो । बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए । यसअघि असार २९ गते बसेको...
पोखरीमा डुबेर दुई जनाको मृत्यु
स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङ रहेका छन् । प्रहरीका...
बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
सिन्धुपाल्चोक । मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । गएरातिको वर्षासँगै आएको बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । यस्तै, हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको जनाइएको । गएराती भारी वर्षा हुँदा हेलम्बुका...









