समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि...

प्रेस युनियनको मतगणना जारी : ६०२ गन्दा कस्को मत कति ?

मकवानपुर । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार रातिबाट सुरु भएको मतगणना कार्य हाल जारी छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा जारी मतगणनामा हालसम्म ६०२ मत गाणना हुँदा शिव लम्साल नेतृत्वको प्यानलले अग्रता लिएको छ । प्रेस युनियनको अध्यक्ष पदका उम्मेदवार शिव लम्सालले ३१६ मत प्राप्त गर्दा...

तनहुँमा पुरुषको शव भेटियो

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तेक्वान्दो संघ मकवानपुरलाई डेढ लाख बराबरको म्याग सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तेक्वान्दो संघ मकवानपुरलाई एक लाख ५० हजार रुपैयाँ बराबरको म्याट सहयोग गरेको छ । उपमहानगरपालिकाले जिल्लामा तेक्वान्दो खेलको बृद्धि विकासको साथै खेलाडीलाई प्रशिक्षणको समयमा सहज होस् भन्ने हेतुले उक्त रकम बराबरको ६४ थान भुइमा बिछ्याउने म्याट हस्तान्तरण गरेको हो । उक्त म्याट उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी...

मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न प्रेस युनियनको महत्वपूर्ण भूमिका छ : प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले आज शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले मुलुकमा प्रेस र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार...

चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्वर ५ घर र्भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा रहेका छन् । पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको...

कैलाश १ नम्वर वडा कार्यालयमा एमालेले लगाएको ताला प्रहरीले खोल्यो

मकवानपुर । कैलाश गाउँपालिका वडा नम्वर १ कार्यालयमा नेकपा एमालेका स्थानीय नेताहरुले बुधबार लगाएको ताला आज प्रहरीले खोलेको छ । वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २ जनाको करार थप नगरिएको भन्दै उनीहरुले ताला लगाएका थिए । वडा कार्यालयबाट हुने गरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको...

प्रदेश सरकारको आवश्यकता छैन : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै सो कुरा बताएका हुन् । उनले पूर्ण समानुपातिक...

मकवानपुरबाट ६५३२ जनाले लिए राहदानी

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजार भन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका छन् । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला...

पानीमा डुबेर बालिकाको मृत्यु

मोरङ । मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बालिकाको आँगनमा खेल्ने...