तेक्वान्दो संघ मकवानपुरलाई डेढ लाख बराबरको म्याग सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तेक्वान्दो संघ मकवानपुरलाई एक लाख ५० हजार रुपैयाँ बराबरको म्याट सहयोग गरेको छ । उपमहानगरपालिकाले जिल्लामा तेक्वान्दो खेलको बृद्धि विकासको साथै खेलाडीलाई प्रशिक्षणको समयमा सहज होस् भन्ने हेतुले उक्त रकम बराबरको ६४ थान भुइमा बिछ्याउने म्याट हस्तान्तरण गरेको हो ।
उक्त म्याट उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजि रत्न बज्राचार्यलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा प्रशिक्षक दिलिप राजथला, तेक्वान्दोका प्रशिक्षक माधब कोइराला, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विष्णु कुमारी लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।