तनहुँमा पुरुषको शव भेटियो

तु खबर संवाददाता
२०७९ श्रावण ८, आईतवार ०८:३४

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।