चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्वर ५ घर र्भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा रहेका छन् ।
पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएर म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेका जनाइएको छ ।
सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताए । थप अनुसन्धान भइरहेको अर्यालको भनाइ छ । पक्राउ परेका लामाविरुद्ध पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
