स्थगित एन्फाको बैठक बिहीबार बस्ने

तु खबर संवाददाता
२०७९ श्रावण ३,मंगलवार १६:४७
file-photo

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण स्थगित भएको सोमबारको बैठक बिहीबार बस्न लागेको एन्फाका महासचिव किरण राईले जानकारी दिए ।

उनका अनुसार, बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने भएको हो । गत असार ६ मा भएको निर्वाचनबाट नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि दोस्रो पटक एन्फाको कार्यसमिति बैठक बस्न लागेको हो ।