मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३, मंगलवार १५:५५

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु ६ प २०२० नम्वरको मोटरसाइकल दुर्घटनामा परेको थियो । उक्त मोटरसाइकल आँफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाल्पालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलार्इ पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको जनाइएको छ ।