मंगलबार देशभर ३५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ३५७ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सो अवधिमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । सो अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कुनै पनि व्यक्तिको निधन भएको छैन ।
