गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण २, सोमबार १६:४४
सांकेतिक तस्बिर

मोरङ । मोरमा गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेकोजिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विवेकलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २ तोलाको मंगलसुत्र १ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का, औठी, तिलहरी, पाउजु र ४६ हजार नगद बरामद गरेको छ । पक्राउ परेका उनीमाथि चोरी कसूरमा ५ दिन म्‍याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।