नेपाली कांग्रेसले साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने

तु खबर संवाददाता
२०७९ श्रावण २, सोमबार १७:३२
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ । निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।