एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २, सोमबार १७:२५
file-photo

काठमाडौं । नेपालमा थप ४५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् ।