समाचार
बुधबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयर बजारमा आज पुनः सुधार आएको हो । नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता...
भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ
मकवनपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ८ स्थाइ घर भई हाल थाहा नगरपालिका वडा नम्वर ३ गाउँ खोरिया बस्दै आएका ३४ बर्षीय सुवास भनिने इन्द्र बहादुर तामाङ्ग रहेका छन् । तामाङलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट...
दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३१ जना घाइते, ६ को अवस्था गम्भीर
बुटवल । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्वरको बस अनियन्त्रित भएर सडक छेउँमा पल्टिँएर आगलागी हुँदा ३१ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ६ जनाको...
हेटौंडामा सामुदायिक वन मासेको आरोपमा ७ जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को नयाँ पर्यटकीय गन्तव्य नयाँबस्तीको डाईभर डाँडामा सामुदायिक वन मासेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । नयाँबस्तीको डाईभर डाँडामा निर्माणधिन भ्यू–टाबर नजिकै अवैध रुपमा साना ठूला गरी ६७ वटा हरियो सालको कटान गर्दै सामुदायिक वन मासेको आरोपमा वन समितिका...
बागमती प्रदेश सरकार संचालनको साढे ४ वर्षमा ५५ वटा मात्र कानून निर्माण
मकवानपुर । बागमती प्रदेश सरकारले पहिचान गरेको अत्यावश्यक ९९ वटा कानूनमध्ये हालसम्म ५५ वटा मात्र कानून निर्माण भएका छन् । सरकार सञ्चालनको साढे ४ वर्षभन्दा बढी अवधिसम्ममा ५५ वटा मात्र कानून निर्माण भएको हो । प्रदेश सरकार स्थापनाका बखत औंल्याइएका अत्यावश्यक ९९ वटा कानूनलाई समीक्षा गरेर ८२ वटा कायम...
खोलाले बगाएर वडा सदस्यको मृत्यु
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ की महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ । मङ्गलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, खेतमा काम गरेर फर्कने क्रममा...
आजको मौसम : पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पूर्वी तराईमा भारी वर्षा भएको जनाएको । विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । उक्त स्थानमा थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन...
विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी
बैतडी । बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । जिल्लाको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी भएको प्रहरीले जनाएको छ । बिरामी पर्नेहरुमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनिया जोशी र ४...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । ललितपुरको एकान्तकुनामा मंगलबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति ९ बजेको समयमा बा ३ ख ५७७ नम्वरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृथ्यु हुनेमामोटरसाइकल चालक खोटाङ घर...
एसईई नतिजा सार्वजनिक गर्न बोलाइयो बोर्ड बैठक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइएको छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बस्ने गरी बोर्डको बैठक बोलाइएको परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले जानकारी दिए । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले...









