समाचार

एमाले मकवानपुरद्वारा संघीय निर्वाचन घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन

मकवानपुर । नेकपा एमाले मकवानपुरले संघीय निर्वाचनको मिति घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन गर्न माग गरेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडामा बढ्दो मंहगी, कालोबजारी, अभाव,भष्ट्रचार र कुशासन विरुद्ध बृहत जनप्रदर्शन गर्दै संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो । हेटौंडा–५ पुष्पलाल पार्कस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको...

आगामी चुनावका लागि ८ करोड मत्रपत्र छाप्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने जानकारी गराएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने जानकारी गराएका हुन् । यस्तै, गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा...

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने

काठमाडौं । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने भएको छ । मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै, जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३...

धार्मिक पर्यटन विकास समिति संयोजकमा भीमसेन महत

मकवानपुर । मकवानपुर जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो । समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा...

बसामाडी जेसीजको आयोजनामा फुटसल प्रतियोगिता

मकवानपुर । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा...

दुर्घटनामा परेर एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका– २ सतपत्तीमा आजै बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका १ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका– २ सतपत्तीमा...

माओवादीका अध्यक्ष दाहाल जापान जाँदै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी...

राष्ट्रपति भण्डारीद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् । त्यस्तै, मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय...

बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

बैतडी । जिल्ला अदालत बैतडरीले बलात्कारको आरोप पक्राउ परेका वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत...

साना चार कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी...