न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार १८:२०
file-photo

काठमाडौं । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने भएको छ । मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै, जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।