समाचार

कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर १४ पावर्तीपुरमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार, श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको...

हेटौंडाकी मेयर लामाले गरिन् सम्पति विवरण सार्वजनिक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सम्पति विवरण सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्दै हेटौंडाको मेयरमा विजयी भनेकी लामाले सम्पति विवरण सार्वजनिक गरेकी हुन् । लामाले सार्वजनिक गरेको सम्पती विवरणमा उनको १५ तोला सुन तथा २० तोला चाँदी देखिएको छ । पारिश्रमिक बाहेक २० हजार बैंक...

सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी पुनः बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ । सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो । अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका...

हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहनगरपालिका वडा नम्वर ११ स्थित नवलपुरको नयाँ राप्ती पुलमुनी खोलामा आइतबार मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । उक्त शव हेटौंडा–१ चौकीटोल घर भएका ५२ वर्षीय मधु भन्ने तेजप्रसाद देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, देवकोटाको शव आइतबार दिउँसो  खोला...

बागमती प्रदेशसभाको बैठक : विभूषणसम्बन्धि विधेयक २०७९ पारित

मकवानपुर । बागमती प्रदेशसभाबाट प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भएको छ । प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसहमतिबाट पारित गरिएको हो । प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस...

कल सेन्टरबाट चिनियाँसहित ४१ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा...

दिउँसै लुटियो २ लाख रुपैयाँ

जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम वडा नम्वर १ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले उक्त रकम लुटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडकखण्डमा बीआर ३० क्यू ४१०२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका– ५ बस्ने २२...

थप ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मत्यु

काठमाडौं । नेपालमा थप ५६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै, ९५...

७ बोरा गाँजासहित मकवानपुरका रुम्बा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भीमफेदी गाउँपालिका–९ खादेगाउँ बस्ने खैबा झाक्री भन्ने ५४ वर्षीय सोनाम सिंह रूम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, रुम्बालाई करिब १ सय ३१ किलोग्राम लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरिएको हो ।...