दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
जनकपुरधाम । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडकखण्डमा बीआर ३० क्यू ४१०२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका– ५ बस्ने २२ बर्षीय रमेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लालीले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार वीरगञ्जमा मृत्यु भएको जनाइएको छ ।
