कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला
बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर १४ पावर्तीपुरमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको हो । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको हत्या भएको आशंका गरिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
