बागमती प्रदेशसभाको बैठक : विभूषणसम्बन्धि विधेयक २०७९ पारित
मकवानपुर । बागमती प्रदेशसभाबाट प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भएको छ । प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसहमतिबाट पारित गरिएको हो ।
प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई दफाबार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । सभामुख श्रेष्ठले बैठकमा उक्त विधेयक पारित भएको घोषणा गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा स्थगित गरेका हुन् ।
