हेटौंडाकी मेयर लामाले गरिन् सम्पति विवरण सार्वजनिक
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सम्पति विवरण सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्दै हेटौंडाको मेयरमा विजयी भनेकी लामाले सम्पति विवरण सार्वजनिक गरेकी हुन् ।
लामाले सार्वजनिक गरेको सम्पती विवरणमा उनको १५ तोला सुन तथा २० तोला चाँदी देखिएको छ । पारिश्रमिक बाहेक २० हजार बैंक मौज्दात रहेको विवरणमा उल्लेख छ । सार्वजनिक गरेको सम्पती बिवरणमा अन्य कुनैपनि कारोवारमा आफुँ संलग्न नभएको जनाएकी छन् ।
उनले सार्वजनिक गरेको बिबरणमा ससुरा कान्छा लामाको नामा हेटौंडा–१ चाइनाक्वाटरमा ११ धुर, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ । त्यस्तै, श्रीमान सुनबहादुर लामाको नाममा कृषि बिकास बैंकमा ४० लाख ऋण रहेको छ भने ४० लाख बराबरको टेङकर, छोरा सुमित लामाको नाममा एक वटा २ लाख ५० हजार बराबरको मोटरसाइकल रहेको उल्लेख गरिएको छ ।
