राष्ट्रपति भण्डारीद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार १६:३६
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।

त्यस्तै, मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा. राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् भने भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ ।