आगामी चुनावका लागि ८ करोड मत्रपत्र छाप्नुपर्ने

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार १८:२५

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने जानकारी गराएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने जानकारी गराएका हुन् ।

यस्तै, गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने बताएका छन् ।​