बसामाडी जेसीजको आयोजनामा फुटसल प्रतियोगिता

तु खबर संवाददाता
२०७९ श्रावण १०,मंगलवार १७:२६

मकवानपुर । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो ।

सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा आयोजक संस्था, हेटौंडा जेसीज, बस्तिपुर जेसीज, बकैया जेसीज (प्रस्ताविक) र हरिवन जेसीज (प्रस्ताविक) ले सहभागिता जनाएको कार्यक्रम संयोजक ध्रुव गौतमले जानकारी दिए । विजेता टिमले कप र मेडल प्राप्त गरेका छन् ।

बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो । जेसीज सप्ताह कार्यक्रम अन्तरगत भोलि बुधबार हेटौंडा–७ कमानेमा रहेको आशा विद्यालयमा खाद्यान्न एवम् शैक्षिक सामाग्री वितरण गरिने जनाइएको छ ।