खोलाले बगाएर वडा सदस्यको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ११, बुधबार ०९:१६
File Photo

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ की महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ । मङ्गलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार, खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको थियो । तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा फेला परेको हो । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित भएका थिए ।