आजको मौसम : पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
२०७९ श्रावण ११, बुधबार ०९:०९
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पूर्वी तराईमा भारी वर्षा भएको जनाएको । विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । उक्त स्थानमा थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।
ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । साथै महाशाखाले होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
