समाचार
एकैदिन ७१० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको...
राष्ट्र बैंकले दियो २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ । हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका...
नक्कली परीक्षार्थी पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । तिवारी बुधबार पक्राउ परेका हुन् । उक्त क्याम्पसमा...
दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं । बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ विन्दुमा उक्लिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ । नेप्सेमा रहेका...
कैलाशमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु
मकवानपुर । कैलाश गाउँपालिकाले आजदेखि तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । आज वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो । पालिकाको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८...
मकवानपुरमा एक वर्षमा १२५ जनाले गरे आत्महत्या
मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा १२५ जनाले आत्महत्या गरेका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा १२५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जसमा ७ जना बालिका, ४...
५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त
काठमाडौं । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब ४ हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या थपिएको...
४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहानमा पुनः लकडाउन
काठमाडौं । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा लकडाउनको घोषणा गरिएको छ । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै ३ दिन लकडाउन घोषणा गरिएको हो । पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ । यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण,...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बझाङमा ११ जना जुवाडे पक्राउ
धनगढी । बझाङबाट प्रहरीले ९१ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा...









