एकैदिन ७१० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १६:५४
filr-photo

काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने २१५ जना डिस्चार्जसमेत भएका छन् ।