समाचार
निर्वाचनको मिति घोषणा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् । अध्यक्ष लिङ्देनले...
मकवानपुरको थाहा नगरका पोथी कुकुरलाई तीन महिने सुई
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भएको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि तीन महिने सुई लगाउन प्राविधिक खटाएको जनाएको छ । शुक्रबारदेखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने...
२३ ओटा कछुवासहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट प्रहरीले २३ ओटा छत कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त...
आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारियो
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्वर ४ गोदाम चौरमा आज बिहान साढे ७ बजेको समयमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, सो क्रममा मानविय क्षति भने भएको छैन। बाँकेबाट ल्याइएको राँगो नियन्त्रणबाहिर गएर...
मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
धनगढी । धनगढीमा मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्वरको मोटरसाइक आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमाल...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष...
बञ्चरो प्रहारबाट बुबाको हत्या
बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान आफ्नै छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको प्रहरीले जनाएको छ । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई...
चोरीको स्कुटरसहित युवक पक्राउ
काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका निरज थापा रहेका छन् । उनलाई काठमाडौं माछापोखरीबाट हराएको तनहुँ भीरकोटका विजय थापाको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो । विजय थापाको बागमती प्रदेश–०२–०३७ प ९४१० नम्बरको खैरो रङको स्कुटर चलाइरहेको अवस्थामा प्रहरीले...
आजदेखि सयपत्री हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१...
विदेशमन्त्री लूको उच्चस्तरीय राजनीतिक भेटवार्ता आज
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्ने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता...









