आजदेखि सयपत्री हाइड्रोपावरको आईपीओ खुला

तु खबर संवाददाता
२०७९ श्रावण १३,शुक्रबार ०९:०३
file-photo

काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो ।

जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन २७ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।