२३ ओटा कछुवासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १३,शुक्रबार १४:५२
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट प्रहरीले २३ ओटा छत कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।

उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिहीबार जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।