चोरीको स्कुटरसहित युवक पक्राउ
काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका निरज थापा रहेका छन् । उनलाई काठमाडौं माछापोखरीबाट हराएको तनहुँ भीरकोटका विजय थापाको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
विजय थापाको बागमती प्रदेश–०२–०३७ प ९४१० नम्बरको खैरो रङको स्कुटर चलाइरहेको अवस्थामा प्रहरीले माछापोखरी बस्ने २२ वर्षीय निरजलाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्ति र स्कुटरलाई अनुसन्धानका लागि प्रहरी बृत्त बालाजु पठाएको जनाइएको छ ।
