समाचार
हेटौंडा उपमहानगरले दश हजार लिटर खानेपानी निः शुल्क प्रदान गर्ने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निः शुल्क प्रदान गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको...
विपन्न २० परिवारलाई स्वास्थ्य बिमा
मकवानपुर । बकैया गाउँपालिकाको ५ नम्वर वडा अध्यक्ष लक्ष्मी जिम्बाले वडाभित्र बसोबास गर्दै आएकानु अपाङ्ग, एकल महिला तथा विपन्न २० घरपरिवारलाई आफुले प्राप्त गरेको सेवा, सुबिधा तथा भत्ताबाट स्वास्थ्य बिमा गरिदिएका छन् । वडाध्यक्ष जिम्बाले बिहीबार एक कार्यक्रमबीच उनीहरुको स्वास्थ्य बिमा गरिदिएका हुन् । स्वास्थ्य बिमा पश्चात बिमितहरुले असहाय...
खोलाले बगाउँदा मकवानपुरका प्रजाको मृत्यु
मकवानपुर । कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरी खोलाले बगाउँदा बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय जितबहादुर प्रजा रहेका छन् । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट खाद्य सामग्री खरिद गरी वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ...
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित भएको छ । उक्त विधेयक बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट बहुमतले पारित भएको हो । बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए...
बाबुरामले दर्ता गरे नयाँ पार्टी
काठमाडौं । तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । भट्टराईले बिहीबार निर्वाचन आयोगमा पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति...
हेटौंडा कपडा उद्योग संचालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री बडू
मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले हेटौंडा कपडा उद्योग सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले सो कुरा बताएका हुन् । मन्त्री बडूले सरकारी स्वामित्वको बन्द अवस्थामा रहेको हेटौंडा...
राष्ट्रियसभाबाट दुई विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो...
३४ उपसचिवको सरुवा (नामावलीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । उपसचिव सरुवा हुँदा धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत...
अबको केही दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनभित्रै संघीय र प्रदेशको चुनाव मिति घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताएका हुन् । प्राविधिक विषय मिलाउन...
अवैध मुद्रा कारोबारी ५ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर...










