अवैध मुद्रा कारोबारी ५ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर विक, सोही ठाउँका ३३ वर्षीया रत्नबहादुर नेपाली र कशुे गाउँपालिका –५ खुर्पूका ३२ वर्षीया शान्तबहादुर वादी रहेका प्रहरीले जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बस्तु फेला पारेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
