बाबुरामले दर्ता गरे नयाँ पार्टी

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १८:४०
file-photo

काठमाडौं । तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । भट्टराईले बिहीबार निर्वाचन आयोगमा पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् ।

उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिए । पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।