अबको केही दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १७:०९
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनभित्रै संघीय र प्रदेशको चुनाव मिति घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताएका हुन् ।

प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको बताउनँदै भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ । मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’