मकवानपुरको थाहा नगरका पोथी कुकुरलाई तीन महिने सुई

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १५:१३
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भएको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि तीन महिने सुई लगाउन प्राविधिक खटाएको जनाएको छ ।

शुक्रबारदेखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रले जानकारी दिए । कुकुरहरुको प्रजनन हुने मौसम सुरु भएकोले उक्त अभियान संचालन गरेको उनको भनाई छ ।

थाहा नगरपालिकाले एक सय पोथी कुकुरलाई पुग्ने सुई खरिद गरिसकेको उनले बताए । कुकुरलाई सुई लगायन हाल ३ जना पशु चिकित्सा प्राविधिकहरु खटाइएको र यही हप्ताभित्र २ जना पशु चिकित्सा प्राविधिकहरु थप गरिने उनले बताए ।