नक्कली परीक्षार्थी पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । तिवारी बुधबार पक्राउ परेका हुन् ।
उक्त क्याम्पसमा नक्कली प्ररीक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
