भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ
मकवनपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ८ स्थाइ घर भई हाल थाहा नगरपालिका वडा नम्वर ३ गाउँ खोरिया बस्दै आएका ३४ बर्षीय सुवास भनिने इन्द्र बहादुर तामाङ्ग रहेका छन् ।
तामाङलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राती एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका तामाङलाई हात हतियार तथा खर खजना कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ ।
