बुधबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयर बजारमा आज पुनः सुधार आएको हो ।
नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड माथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।
