दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । ललितपुरको एकान्तकुनामा मंगलबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति ९ बजेको समयमा बा ३ ख ५७७ नम्वरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृथ्यु हुनेमामोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राई रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।
