समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने...

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६...

घरभेटीलाई नशालु केक खुवाएर लुटपाट गर्ने २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलमा ‘वर्थ डे केक’ मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीय सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ...

आज नागपञ्चमी मनाइँदै

मकवानपुर । आज नागपञ्चमी धार्मिक परम्परा अनुसार नेपालमा मनाईदै छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको...

भन्सार छलि ल्याएको अबैध कपडा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेक पोईन्टस्थित सडकखण्डबाट शनिबार विभिन्न प्रकारको कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस र सेन्डो गन्जी ३०० पिस बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र...

हेटौंडाका गोरे भाई पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स १४८ बोतलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय सोल्टी चोक बस्ने २४ वर्षीय गोरे भाई भन्ने अमित लामा रहेका छन् ।...

इन्धनको खरिद मूल्य घट्यो

काठमाडौँ । भारतीय आयल कर्पोरेसन आइओसीबाट नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेर प्राप्त भएको छ । सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको छ । नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमा १६ रुपैयाँ घटेर...

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्ने नेता बानियाँको माग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा हुनुपर्ने माग गरेका छन् । नेता बानियाँले सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई...

हेटौंडाका दुई महिलासहित ४ जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स १३ बोतलसहित हेटौंडाका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा क्रमशः हेटौंडा– २ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ बस्ने २६ वर्षीया आहाना...

एकैदिन ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार...