एकैदिन ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १६:२६
file-photo

काठमाडौं । नेपालमा थप ८९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।