हेटौंडाका गोरे भाई पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १६,सोमबार १८:१९

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स १४८ बोतलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय सोल्टी चोक बस्ने २४ वर्षीय गोरे भाई भन्ने अमित लामा रहेका छन् । उनलाई प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

विशेष सूचनाकोआधारमा प्रहरीले गोरेको घर खानतलासी गर्दा दानाको बोरा भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध बरामद गरेपछि उनलाई पक्राउ गरी घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाइएको छ ।