प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्ने नेता बानियाँको माग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा हुनुपर्ने माग गरेका छन् । नेता बानियाँले सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए ।
शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मंसिर पहिलो साता हुनुपर्ने भन्दै उनले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरे ।
