समाचार
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा
काठमाडौं । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको छ । बुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाँउ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा...
पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा मंगलबार राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
प्रतिनिधि सभाबाट शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा....
आरक्षण सीट लागु नगर्ने सार्वजनिक बस कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीमा आरक्षण सीट लागु नगर्ने १९ वटा सार्वजनिक बसलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु नगर्ने सार्वजनिक बसलाई कारवाही गरेको हो । जस अन्तर्गत उपत्यका बाहिर...
कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दाको फैसला आगामी भदौं १ सुनाउने भएको छ । कर्मचारी समायोजन सम्बन्धी एक सय भन्दा बढी मुद्दाहरुको एकमुष्ट सुनुवाई गर्दै संवैधानिक इजलासले दुई सातापछि निर्णय सुनाउने मिति घोषणा गरेको हो । कर्मचारी समायोजन सम्बन्धी विवाद सुनुवाइका लागि कामू प्रधानन्यायाधीश दीपककुमार कार्की,...
पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर २ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान आएको पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक...
एकैदिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ८१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४१५ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २...
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयर बजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । आज नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब...
बागमती प्रदेश : दुर्घटनामा परेर ४१३ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा दुर्घटनामा परेर ४१३ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा दुर्घटनामा परेर ४१३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । मृत्यु हुनेहरुमा ३२६ जना पुरुष, ३२ जना महिला, १८ जना...
अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पसको अध्यक्षमा रसाइली
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा क्याम्पसको अध्यक्षमा निश्चल रसाइली चयन भएका छन् । मंगलबार भएको अनेरास्ववियु क्रान्तिकारी हेटौंडा क्याम्पस इकाई कमिटीको चौथों सम्मेलनले रसाइली अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा चमेली बोम्जन, सचिवमा रोशनी आले मगर, सह–सचिवमा ज्योति पुडासैनी...









