समाचार
मकवानपुरमा १५ दिनमा २८ जनामा डेंगुको संक्रमण
मकवानपुर । जिल्लामा साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा २८ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । लामखुट्टेको टोकाईबाट फैलने उक्त रोगको संक्रमण जिल्लामा फैलँदै गएको हो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा डेंगु पुष्टि भएकाहरुमध्ये सबैभन्दा धेरै संक्रमितहरु हेटौंडा उपमहानगरपालिकाभित्रका...
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदका दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको...
सत्ता गठबन्धनको बैठक : मंसिर ४ गते चुनाव गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी मंसिर ४ गते गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको उक्त बैठकमा मंसिर ४ गते चुनाव गर्ने गरी सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले...
बागमती प्रदेश : एक वर्षमा दुर्घटना सम्बन्धी ३६५ वटा मुद्दा दर्ता
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा दुर्घटना सम्बन्धी ३६५ वटा मुद्र्दा दर्ता भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को साउन महिनादेखि असार मसान्तसम्ममा प्रदेशका १० जिल्लामा भएको १ हजार ७९८ दुर्घटनामा ३६५ वटा सवारीसाधन दुर्घटना सम्बन्धी मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
लागूऔषधसहित २२ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाबाट लागूऔषधसहित प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । डाइलेक्स डिसी र खैरो हेरोइनसहित २२ जनालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले जानकारी दिए । पक्राउ पर्नेमा ४ जना महिला रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार १८० बोतल डाइलेक्स डिसी, ४५९ ग्राम...
एकैदिन थपिए ९१५ जना कोरोना संक्रमित
काठमाडौं । देशभर थप ९१५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको...
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिलीप सहनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीका अनुसार, गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ना ४ ख ३३३९ नम्वरको...
बुधबार झिनो अंकले घट्यो नेप्से, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज सातको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको...
शैक्षिक क्षेत्रमा प्रगति गर्दै हेटौंडा क्याम्पस
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित हेटौंडा क्याम्पसले शैक्षिक क्षेत्रमा तीव्र गतिमा प्रगति गरिरहेको छ । गत बर्षदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको सो क्याम्पसले कडा अनुशासन र प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाई क्रियाकलापलाई अब्बल बनाउँदै आइरहेको छ । शिक्षाशास्त्र संकाय मात्रै अध्यापन गराउँदै आएको सो क्याम्पसले गत वर्षबाट...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेबाट सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा...










