बुधबार झिनो अंकले घट्यो नेप्से, ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ श्रावण १८,बुधबार १५:५७

काठमाडौं । आज सातको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ ।

नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ब्यापार, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल पफण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक निर्जिबन बीमा समूहको ८६.२९ रुपैयाँले घटेको छ ।