समाचार
मकवानपुरले मोडल लामाको म्युजिक भिडियो सार्वजनिक
मकवानपुर । मकवानपुरे मोडल उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ । जिल्लाको मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’ बुधबार हाइलाइट म्युजिक युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा उनिसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राई लगायतको कलाकारहरु देखिएका छन्...
स्रोत नखुलेको ५० लाखसहित एक जना पक्राउ
काठमाडौं । कपनको भृकुटी चोकबाट प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधवार राती एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेन रहेका छन् । उनलाई सादा पोशाकमा खटिएको महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको...
नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै
काठमाडौं । जापानी भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बिहान १० बजे...
अनेम संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न
मकवानपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार जिल्ला पार्टी कार्यलय हेटौंडामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले विशेषतः असोज १ गतेदेखि हुने पार्टीको नवौं महाधिवेशन लक्षित विविध कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ । साथै...
मकवानपुर क्याम्पसलाई विद्यार्थी संगठनको संयुक्त ध्यानाकर्षण पत्र
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति बुझाएको छ । विगत लामो समयदेखि स्थायी नियुक्ति भई अध्यापन गर्दै आएका शिक्षकहरुको मनोमानीविरुद्ध संगठनले संयुक्त रुपमा बुधबार सहायक क्याम्पस प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । । उक्त विज्ञप्तिमा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुको निरन्तर पढाईमा असर...
लोक सेवाको उत्तरपुस्तिकामा मोवाइल नम्बर लेख्नेलाई २ वर्ष परीक्षा दिन रोक
कर्णाली । प्रदेश लोक सेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई २ वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ । आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा...
करेन्ट लागेर ३ जनाको मृत्यु
राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा र बुहारी हुन् । प्रहरीका अनुसार, सात...
अमेरिकी र चिनियाँ हतियारसहित एक जना पक्राउ
धादिङ । प्रहरीले धादिङबाट सुनजस्तो पहेँलो धातु, अमेरिकी डलरजस्ता देखिने नोट र हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार पक्राउ गरेका बेगबहादुर तामाङमाथि थप अनुसन्धान हुँदा हतियारसमेत बरामद भएको जनाएको छ । प्रहरीका अनुसार, प्रहरी निरीक्षकको कमाण्डमा मंगलबार खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, धादिङबेसी थोपल खोलास्थित लपाङफेदीबाट आउँदै...
आज चुनावको मिति घोषणा गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने बस्दैछ । गठबन्धनको हिजो बसेको बैठकमा...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै,...










