मकवानपुरले मोडल लामाको म्युजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७९ श्रावण १९, बिहीबार १०:२४

मकवानपुर । मकवानपुरे मोडल उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ । जिल्लाको मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’ बुधबार हाइलाइट म्युजिक युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा उनिसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राई लगायतको कलाकारहरु देखिएका छन् । केही समय यता टिकटकमा सक्रिय लामा अभिनयमा रुचि राख्थे । सोही टिकटक अभिनयले म्युजिक भिडियोमा आकर्षण बढेको उनले बताए ।

साथै, उनले दर्शक श्रोतामाझ भिडियो हेरीसकेपछि प्रतिक्रियासँगै सुझावको समेत अपेक्षा राखेका छन् । चन्द्रकला राईको स्वरमा सजिएको म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भुमिकामा छन् । त्यस्तै, भिडियोलाई प्रवेश राईले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो ।