आज चुनावको मिति घोषणा गर्ने सरकारको तयारी

तु खबर संवाददाता
२०७९ श्रावण १९, बिहीबार ०८:४९
file-photo

काठमाडौं । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने बस्दैछ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।